भगवान शिवलाई भुलेर पनि नचढाउनुस यी चिजहरु

शर्मिला गुरुङ


पिएनपिखबर, भक्तपुर : महादेवको प्रिय महिना साउन शुरु भइसकेको छ। साउन मेला साउन १ गते देखि ३० गते सम्म हुनेछ। आखिर शिवमा यस्तो के छ, जो उत्तरमा कैलाशबाट दक्षिणमा रामेश्वरमसम्म एउटै रूपमा पूजा गरिन्छ।


कैलाश र मसानघाट दुवै ठाउँमा बास बस्ने शिवमा केहिको मोह छैन उनि हर मायाको बन्धनबाट मुक्त छन। मसानघाटमा उत्सव मनाउने एउटै मात्र देवता हुन् उनी। सबै देवताहरुमा शिव मात्र एउटा महादेव हो जो छिट्टै प्रशन्न हुन्छन। उनी शिवलाई साउन महिनामा कुन चाहिँ चिज चढाउनु हुँदैन आउनुहोस जानौँ

१, भगवान शिवलाई कहिल्यै तुलसीको पात नचढाउनुस।

२, शिवको पुजामा नरिवल नचढाउनुस। किनकि नरिवरसँग लक्ष्मीको सम्बन्ध हुन्छ। र लक्ष्मी विष्णुकी श्रीमती हुन्।

३, शिवलिङ्गको पुजामा कहिल्यै पनि सिन्दुरको समावेश नगर्नुस। किनकि सिन्दूर विवाहित महिलाहरूको सौभाग्याको प्रतिक हो। तर, शवजी त्रीमूर्तीदेवहरू मध्ये संहारकर्ता हुन् । त्यसैले शिवलाई सिन्दुर चढानु ठुलो भुल हुनेछ।

४, सिन्दुर जस्तै शिवको पुजामा बेसार पनि चढाउन हुँदैन। बेसार स्त्रीहरूको सुन्दरता बढाउनको लागि प्रयोग गरिन्छ। त्यही कारणले गर्दा नै शिवजीलाई बेसार चढाउन नहुने शिवपुराणमा उल्लेख गरिएको छ।

५, ‘गोलाईँती सेतो फूल शिवलाई मन पर्दैन। त्यसैले भुलेर पनि पुजामा यस फुलको प्रयोग नगर्नुहोस। नत्र अनिष्ठ हुनेछ।

६, शिवलिङ्गको पुजा गर्दा कहिल्यै अक्षता वा चामलको प्रयोग नगर्नुहोस।

७, शिवालयको परिक्रमा पुरा कहिल्यै नगर्नुहोस। बरु आधा गर्नु पर्छ।

प्रतिक्रिया