भाइटीका लगाउनेले नै फिरौती माग्यो

admin

काठमाडौं, भदौ १८ : काठमाडौँ स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ । २० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो ।

रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौं १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए । मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काइदिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताए । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया