‘भारतको फोहोरले अमेरिकालाई तनाव भयो’: राष्ट्रपति ट्रम्प

admin

वाशिंगटन् (एजेन्सी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतजस्ता देशको गैरजिम्मेवारीका कारण अमेरिका प्रदुषित भएको बताएका छन्। पर्यावरण सम्बन्धि एक कार्यक्रममा सहभागी ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै भारत, चीन र रुसले वातावरण सफा राख्न कुनै पहल नगरेकोसमेत बताएका छन्।

उनले भारत र चीन उत्पादन भएको फोहोर समुद्रमा फालिएको र त्यो बगेर लस एन्जलससम्म आइपुगेको बताएका छन्। उनले भारत, चीन र रुस जस्ता देशहरुले सफाई पनि नगर्ने र सफाईबारे बुझाइ पनि नभएको बताएका छन्। उनले आफु सफा हावा र सफा पानीको पक्ष रहेकोसमेत बताएका छन्।

तर, हालै अमेरिका जलवायु सम्बन्धि पेरिस सम्झौताबाट बाहिरिएपछि ट्रम्पको आलोचनासमेत भइरहेको छ। उनले पेरिस सम्झौताका कारण अमेरिकाले ट्रिलियन डलर गुमाउनुपरेको बताएका छन्। भारत, रुस र चीनले यो सम्झौतामा केही सहुलियत पाएको तर, अमेरिकालाई अन्यायमा पारिएको बताएका छन्। अमेरिका पनि विकाशील देश रहेको भन्दै यो सम्झौताअनुसार भारतलाई पैसा दिनुपरेकामा समेत आपत्ति जनाए। उनले अमेरिकालाई पेरिस सम्झौताले केही पनि गर्न नदिएकाले सो सम्झौताबाट बाहिरिएको भन्दै बचाउ गरे।

पेरिस सम्झौतामा कार्बन उत्सर्जन घटाउन नीति बनाउने कुरा उल्लेख थियो। औद्योगिक मुलुकहरुले उत्पादन गर्ने कार्बनका कारण वातावरणमा प्रतिकुल असर परेको छ। यो सम्झौताले बढि कार्बन उत्सर्जन गर्ने उद्योग विस्तारै कम गर्नुपर्नेसमेत व्यवस्था गरेको थियो। अमेरिकालाई यो सम्झौताले गाह्रो पारेको भन्दै ट्रम्पले त्यसलाई छोडेको बताएका छन्।

प्रतिक्रिया