भारतमा फेरि फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक छ ?

admin

नयाँ दिल्ली : छिमेकी राष्ट्र भारतमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण विस्तारै घटिरहेको अवस्थामा फेरि नयाँ भेरियन्टको संक्रमण फेला परेको छ ।

भारतको केन्द्रीय सरकारका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्टलाई (एवाई.ए) अर्थात् ‘डेल्टा प्लस भेरियन्ट’ नाम दिइएको छ । ‘डेल्टा प्लस भेरियन्ट’को लक्षण डेल्टा भेरियन्टसँग मिल्दोजुल्दो रहेको बताइएको छ ।

के हो ‘डेल्टा प्लस’ भेरियन्ट ?
‘डेल्टा प्लस भेरियन्ट’ डेल्टा भेरियन्टको उत्परिवर्तन हो । कोरोना संक्रमणको दोस्रो लहरमा अधिकांश संक्रमितहरू डेल्टा भेरियन्टको शिकार थिए । वैज्ञानिकहरूका अनुसार डेल्टा भेरियन्ट आफै परिवर्तन भएर ‘डेल्टा प्लस’ भएको हो ।

डेल्टा प्लस कति खतरनाक छ ?
कोरोना भाइरस संक्रमणको परिवर्तित डेल्टा प्लस निकै खतरनाक रहेको बैज्ञानिकहरुको भनाइ छ । विज्ञहरुका अनुसार कोरोना भाइरसको उत्परिवर्तनले निश्चित रूपमा चिन्ता बढाइरहेको भएतापनि अहिलेसम्म डेल्टा प्लस भेरियन्ट चिन्ताको विषय बनेको छैन । यद्यपि भारत सरकार भने यस विषयमा काम गरिरहेको बताइएको छ ।

डेल्टा प्लसबाट कसरी बच्ने ?
भारत सरकारले कोरोना भाइरसको उत्परिवर्तन जैविक तथ्य भएकाले सुरक्षाका उपायहरु अपनाउनु पर्ने बताएको छ । डेल्टा प्लस भेरियन्ट फैलिनु अगावै रोक्नका लागि भारत सरकार लागिपरेको बताइएको छ । साथै, सबैलाई कोरोना प्रोटोकललाई कडाईका साथ पालन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया