ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : मन्त्री बाँस्कोटा

admin

भीमदत्तनगर, ८ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् ।

“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा बिहीबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”

बिहीबार कञ्चनपुरको बेलौरीमा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका मन्त्री बाँस्कोटाले जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने बताए। “आरोप आफैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

सञ्चारमन्त्री बाँस्कोटाले ‘घुस बार्गेनिङ’ गरेकाे आराेप, बाहिरियाे अडियाे

 

प्रतिक्रिया