माल्दिभ्सका निर्वासित पूर्वराष्ट्रपति नाशीद स्वदेश फिर्ता

admin

कोलम्बो, १५ कात्तिक:माल्दिभ्सका पूर्व मोहम्मद नाशीद निर्वासित जीवन अन्त्य गर्दै स्वदेश फर्किनु भएको छ । माल्दिभ्सको सर्वोच्च अदालतले नाशिदलाई पक्राउ गर्न नमिल्ने आदेश दिएपछि उहाँ बिहीबार स्वदेश फर्किनु भएको हो । उहाँलाई आतङ्वाद सम्वन्धी विवादास्पद एउटा मुद्धामा १३ बर्ष जेल सजाय गराउन भनिएको थियो ।

उहाँलाई नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले मालेस्थित विमानस्थलमा स्वागत गर्नुभएको थियो । नयाँ सरकारमा उहाँको भूमिका के हुन्छ भन्ने बारेमा अहिले नै स्पष्ट भइनसकेपनि कानूनी रूपमा सोलिहले नै यही महिना सरकार गठन गर्नुपर्ने अवस्था छ । माल्दिभ्समा लोकतन्त्रका योद्धाका रूपमा चिनिने ५१ बर्षीय नाशीदलाई जेल सजायको आदेश भएकाले सन् २०१६ देखि निर्वासनमा हुनुहुन्थ्यो ।

निवर्तमान राष्ट्रपति अब्दुल्लाह यमीनको कार्यकालका बेला उहाँ स्वदेशमै रहेको भए पक्राउ पर्ने खतरा रहेको थियो । तत्कालिन राष्ट्रपति यमीनसँग नाशीदले नै निर्वाचन लड्ने अपेक्षा गरिएको थियो । तर निर्वाचन आयोगले उहाँलाई निर्वाचन लड्न नमिल्ने बताएपछि सोलिहलेप्रतिश्पर्धा गर्नु भएको हो । आफ्नो कार्यकालमा यमीनले सर्वत्र हस्तक्षेप गरेर एकलौटी पेलेर गएकाले अहिलेको निर्वाचनबाट नयाँ नेता छानिएकाले मुलुकले नयाँ र लोकतान्त्रिक कोड लिने अपेक्षा गरिएको छ ।
-रासस÷एएफपी

प्रतिक्रिया