मिस वर्ल्ड उपाधिको नजिक छिन् श्रृंखला, मल्टिमिडिया अवार्डको लागि अझै भोटको लागि गरिन आग्रह

मनिषा थापा

चीनमा भइरहेको मिस वर्ल्डमा नेपालबाट सहभागिता जनाएकी मिस नेपाल श्रृंखला खतिवडा उपाधिको नजिक पुगेकी छन्। समूह विजेता बन्दै श्रृंखला सेमिफाइनल प्रवेश गरेकी हुन् । प्रतियोगीताको १३ औं समूह विजेता बन्दै उनी सेमिफाइनल राउन्डका लागि छानिएकी छन् ।

 

छानिए पश्चात आफ्नो फेसबुकमा एक भिडियो सार्बजनिक गर्दै सम्पुर्णलाई धन्यवाद दिएकि छिन । सो भिडियोमा उनले मल्टिमिडिया अवार्डको लागि अझै भोट आवस्यक रहेको बताएकी छिन ।

मल्टिमिडिया अवार्डको लागि शृंखलालाई भोट गर्न डिसेम्बर ८ सम्म समय रहेको बताएकी छिन । अन्तिम २० जनासँग अब उनले प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ ।

मिस नेपाल श्रृंखला ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बनेकी थिइन् । अब अन्तिम १० जनाका लागि उनले प्रस्तुतीको तयारी गरेकी छन्, जसको लागि आफु पुर्ण रुपमा तयारि भएको जनाएकी छिन ।

उनले भनेकी छन्, ‘तपाईहरूका कारण यहाँसम्म पुगेकी हुँ, मल्टिमिडिया अवार्ड बाँकी नै छ ।’ समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै फाइनल राउन्डमा प्रवेश गरेकी हुन् ।

उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन् । छोटो भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो । उनले पाएको मत र दिएको जवाफका आधारमा उनी छनौट भएकी हुन् ।

प्रतिक्रिया