मेलिना राईको ‘तिमीसँगै गीत’ सार्वजनिक

मनिषा थापा

काठमाडौँ : भगवानको सुन्दर सृजना मान्छे भनिन्छ अनि त्यसपछि जगतमा जे छ त्यो सबै मान्छेहरूलाई सुहाउँदो भगवानले नै सृजना गरेको हामीले जानेका छौं । यसैले त मान्छेहरू भगवानलाई पुज्ने गर्छन् दु:खमा होस् या सुखमा । प्रेम बिना संसार चल्दैन मिलन र बिछोडको खेल चलिरहन्छ अनि नयाँ सृजना हुनेछ भन्नुपर्दा अहिले भर्खरै एउटा नयाँ गीत सार्वजनिक भएको छ ।

 

जुन गीतको रचनाकार नेपाली भाषा साहित्य र कला क्षेत्रमा विगत तीन दशकभन्दा लामो समय बिताउनु भएका साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन”अमर” को रचनामा गीति एल्बम ”अमर-२” मा रहेको, संगीतकार राम कार्कीको संगीत र एरेन्जमा र देश विदेश हरेक ठाउँमा सबैको मन मुटुमा बस्न सफल गायिका मेलिना राईको सुमधुर स्वरमा ।

”तिमीसँगै जीवन बिताउने मन थियो एक्लै छोडी त्यो मन आज टाढा भै दियो” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । ओएस नेपालको प्रस्तुतिमा रहेको उक्त अमर-२ एल्बमभित्र रहेको ६ वटा गीत मध्यको एक हो । ईश्वर फुँयाल, सृष्टि आचार्य आदिको अभिनयमा प्रोडुसर कृष्ण भट्टराईबाट गरेको उक्त गीत कृपा टि भी को युटुब च्यानलमा रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया