यसरी भएको थियो पूर्व सचिव पत्नी कार्कीको हत्या

admin

ललितपुर :  विहान १० वजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे। खाना पकाईरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाएर र बल लगाएर उनलाई भूइँमा  लडाए। भुईमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुईमा ठोकाउँछन् । 

करीव पाँच मिनेट लामोे यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हिर्काउँदा हिर्काउँदै पिर्का समेत दुई टुक्रा हुन्छ। मुना अचेत हुन्छिन्, त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डोरी लिएर डाइनिङ रुपको अगाडि ढोका छेउमै आत्महत्या गर्छन्। 

सिसिक्यामेरा फुटेज अनुसार, विहान १०.२० देखि १०.४० वजेसम्म उक्त हत्या घटना भएको हो भन्ने खबर गोरखापत्र दैनिकमा छ। विगत चारवर्षदेखि घरेलु कामदारको रुपमा भित्रिएका चौधरीलाई कार्की परिवारले छोरा समानको व्यवहार गर्ने गरेको छिमेकीहरू बताउँछन्। विहान पूर्वसचिव कार्की दर्शन गर्न पशुपतिनाथ र अर्की कामदार १२ वर्षीय छोरालाई विद्यालय पु¥याउन गएको वेलामा उक्त घटना भएको हो। 

कार्की दम्पति १२ वर्षीय छोरा र दुई कामदारका साथ बस्दै आएका थिए। दुई छोरी उच्चअध्ययनका क्रममा विदेशमा रहेका छन्। सो घटना रहस्यमय भएकाले थप अनुसन्धान जारी रहेको भनाई प्रहरीको छ। महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक हृदय थापाले घरमुली मुनाको हत्या र आत्महत्याको सम्वन्धमा अनुसन्धान जारी रहेको बताए।

 

प्रतिक्रिया