यात्रुले मास्क लगाउन नमानेपछि बेलायत जाँदै गरेको जहाज आकासबाटै फर्कियो

admin

एजेन्सी, ७ माघ : अमेरिकाबाट बेलायतको लागि उडेको विमान एक जना यात्रुले मास्क लगाउन नमानेपछि उडानको बीचबाटै फर्किएको छ ।

फ्लोरिडाको मियामी सहरबाट लन्डन गइरहेको अमेरिकी एअरलाइन्सको जहाजमा रहेका एक जना यात्रुले मास्क लगाउन नमान्दा विमान नै फर्काएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

बोइङ ७७७ जहाजमा एक सय २९ जना यात्रु रहेका थिए । परिचारिकाले मास्क लगाउन पटक पटक आग्रह गर्दा पनि एक जना यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्य आकासबाटै जहाज फर्काउनु परेको एअरलाइन्सले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

विमान फर्किएर उडान भरेकै विमानस्थलमा अवतरण गरेपछि मास्क लगाउन अस्वीकार गर्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन एयरलाइन्सले मास्क लगाउन नमान्ने यात्रुलाई आउँदा दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने बताएको छ । अमेरिकामा उडानहरुमा कोभिड नियम पालनालाई अत्यन्त्यै कडाई गरिएको छ ।

प्रतिक्रिया