युद्धमा ज्यान गुमाएका सिपाइको कथा बोकेको “नालापानी” मा रङ्गकर्मी निशाको सबैलाई रुवाउने अभिनय

मनिषा थापा

काठमाडौँ : र्यापर तथा इन्जिनियर निराजन तिमल्सिनाको आवाज रहेको ”नालापानी” बोलको नयाँ र्याप भिडियो सार्वजनिक भएको छ। गीतमा नेपाल-अंग्रेजको युद्धमा सहिद भएका एक सिपाईको कथा व्यथा चित्रण गरिएको छ। गायक निराजन र्यापर निराजनले नालापानी गीत सन् २००९मा लेखेता पनि ५ वर्ष पछि मात्रै भिडियो सामग्री सहित् बाजारमा ल्याएका हुन्।

गीतको शब्द लेखन र भिडियो निर्देशन गायक निराजनकै रहेको छ । संगीतको काम भने रेञ्ज रेकर्ड्सले गरेको छ । भिडियोमा मुख्य कलाकारको रुपमा रंगकर्मी निशा पाख्रिन, रजिन आचार्य साथै कलाकार बिकाश ढकाल र आरोग्य ढकाल रहेका छन् । म्युजिक भिडियोको छायांकन र सम्पादन बाला रेकर्ड्सका आशिष गैरेले गरेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया