विभिन्न कार्यक्रम गरेर आज विश्व नेवाः दिवस मनाइँदै

admin

काठमाडौं, १४ चैत : विभिन्न कार्यक्रम गरेर आज विश्व नेवाः दिवस मनाइँदै छ । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ को रुपमा मनाइँदै आएको छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । आज वर्ल्ड नेवाः अर्गनाइजेशनले काठमाण्डौमा विशेष कार्यक्रम गर्दैछ भने विश्वभर रहेका नेवाः समुदायले विभिन्न कार्यक्रम गर्दैछ ।

दिवसको अवसरमा आज काठमाण्डौको वसन्तपुरमा कार्यक्रम हुँदैछ । कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ जनालाई सम्मान गरिने भएको छ ।

सन् २०१८ मा विश्व नेवाः दिवसको अवसरमा विश्वका २२ देशहरूमा विभिन्न कार्यक्रम गरेर मनाइएको थियो । यो वर्ष पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हङकङ, अष्ट्रेलिया, यूएई, पोर्चुगललगायत देशमा यो दिवस मनाउन लागिएको छ ।

दिवसको अवसरमा अहिले केहीबेरमा नेवाः समुदायका मानिसहरूले सांस्कृतिक र्याली निकाल्दै छ । यो र्याली राष्ट्रिय सभागृहमा पुगेर विश्व नेवा सम्मेलनमा टुङ्गिने विश्व नेवाः संगठन नेपाल (च्याप्टर)ले जनाएको छ ।

प्रतिक्रिया