विश्वकै सबैभन्दा होची महिलाले लोकसभा निर्वाचनमा गरिन् भोट

मनिषा थापा

एजेन्सी : विहिबार देखि भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन शुरु भएको छ। यस पटक निर्वाचनमा करिब ९० करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

यसैक्रममा आज विश्वकै सबैभन्दा होची महिलाले पनि आज भएको पहिलो चरणको चुनावमा भोट दिएकी छन्। २५ वर्ष पुगेकी विश्वकै सबैभन्दा होची महिला ज्योती आम्गेले आज भोट दिएकी हुन् । उनले नागपूरको एक बुथबाट भोट दिएकी हुन्। भोट दिएपछी उनले मतदाता परिचय पत्र र मसी लागेको औंला देखाएर फोटो खिचेकी छिन् ।

उक्त फेटो उनले आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन् । उनले फोटो पोष्ट गर्दै क्याप्सनमा ‘भोट’ लखेर सबैले भोट गर्न आग्रह गरेकी छिन् भारतिय मिडियाका अनुसार उनले पत्रकारहरुसँग कुरा गर्दै सबैले भोट हाल्न अनुरोध गरेकी हुन्। ६२।८ सेन्टीमिटर उचाइ रहेकी विश्वकै सबैभन्दा होची ज्योतीलाई डिसेम्बर २०११मा गिनीज बुकले विश्वकै होची महिला घोषणा गरेको थियो।

प्रतिक्रिया