सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजीनामा

admin

काठमाडौं, ८ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टर खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन दवाब परेको हो । उनले प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटालाई जानकारी गराएर राजीनामा दिएका हुन् ।

स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको कुरालाई लिएर बिहीबार राष्ट्रियसभा सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी कांग्रेसले मन्त्री बास्कोटालाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरेका थिए ।

सञ्चारमन्त्री बाँस्कोटाले ‘घुस बार्गेनिङ’ गरेकाे आराेप, बाहिरियाे अडियाे

 

प्रतिक्रिया