सिरियामा हवाई आक्रमण, ७ जनाको ज्यान गयो

admin

सिरियाको इद्लिब प्रान्तमा भएको हवाइ आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा केही बालबालिका पनि रहेकाे मानवअधिकारवादी संघसंस्थले जनाएका छन् ।  

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले रुसी सेनाले गरेको हवाई आक्रमणमा सात नागरिकको ज्यान गएको हुन सक्ने अनुमान गरेको छ । सिरियामा सन् २०११ को मार्च महिनादेखि भएको गृह युद्धमा सयौँ नागरिकको ज्यान गइसकेको छ ।

 

प्रतिक्रिया