सीमासम्बन्धी बैठक: नेपालले पठाएको पत्रको जवाफ नै दिँदैन भारत

admin

काठमाडौं, ३ बैशाख : भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठक प्रभावित भएको हो । बीडब्लूजीको पछिल्लो बैठक सन् २०१९ नोभेम्बरमा देहरादुनमा भएको थियो ।

‘कोभिडका कारण फिल्डमा जान सम्भव नरहेको जस्ता कारण देखाएर भारतले अनौपचारिक रुपमा बैठकको मितिप्रति असहमति जनाएको छ तर औपचारिक जवाफ आएको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

नेपालले गत वर्ष जुलाईमा पहिलोपटक बैठकका लागि दुई वटा मिति प्रस्ताव गरेको थियो । भारतले कुनै जवाफ दिएन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया