सेनाका अधिकृतकै नक्कली प्रमाणपत्र : तीन दर्जनमाथि कारवाही

admin

काठमाडौं, २७ साउन : नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ ।

उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा, विविध सेवा र प्राविधिक सेवातर्फका तीन दर्जन अधिकारीमािथ छानविनपछि कारवाहीको तयारी भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।

छानबिन समितिले ती अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा किर्ते कागजात बनाएको फेला पारेको हो ।नक्कली प्रमाणपत्र पेस गरेका अधिकारीहरुलाई सुरुमा स्वेच्छिक राजीनामा दिएर सम्मानपूर्वक सेवाबाट बिदा हुने अवसर दिइने र त्यसो नगरे सेवाबाट बर्खास्त गर्दै जेल चलान गर्नेसम्मको तयारी भैरहेको सैनिक स्रोतले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

प्रतिक्रिया