स्यानिटाइजर पिउँदा ३ को मृत्यु, चार जनाले आँखाको दृष्टि नै गुमाए

admin

एजेन्सी, १४ असार : कोरोना भाइरसको संक्रमणबाट विश्वका लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । यसबाट बच्न मानिसहरुले अनेकौं उपाय पनि लगाइरहेका छन् ।

कोरोनाको संक्रमणको सम्भावित जोखिम कम गर्न साबुनपानीले हात धोइरहने, स्यानिटाइजरको प्रयोग गर्ने गरिन्छ ।

अमेरिकाको न्यू मेक्सिको राज्यमा सोही स्यानिटाइजर पिउँदा तीन जनाले ज्यान गुमाएका छन् । हातमा प्रयोग गरिने स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जनाले आँखाको दृष्टि गुमाएका छन् ।

स्यानिटाइजरमा प्रयोग हुने मेथानेल केमिकलले गर्दा यो पिउँदा यसले दिमागमा असर गर्ने, दृष्टिमा असर गर्नुको साथै मिर्गौलामा समेत असर गर्ने बताइएको छ । मृतकको बारे विस्तृत विवरण आउँन भने बाँकी छ ।

प्रतिक्रिया