हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर, सिनेटर मारिए

शर्मिला गुरुङ

पुब्ला, मेक्सिको, १० पुस (रासस/एएफपी) : मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उहाँका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उहाँकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो ।

मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिनुभयो ।

साथै, दुर्घटनामा हेलिकप्टरका दुई चालक र एकजना सहयोगीको समेत मृत्यु भएको छ । पुब्लाको सान्ता मारिया कोरोनान्गो क्षेत्रबाट उडेको १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

गभर्नर अलोन्सोले गत डिसेम्बर १० मा मात्र पदभार ग्रहण गर्नुभएको थियो । उहाँ पुब्लाको पहिलो महिला गभर्नर हुनुहुन्थ्यो । उहाँका पति सन् २०११ देखि २०१७ सम्म पुब्लाको गभर्नर हुनुहुन्थ्यो ।

प्रतिक्रिया