भारतीय टेलिभिजन ‘जी टिभी’बाट प्रशारण हुँदै आएको सांगीतिक रियालिटी शो सारेगामापामा नेपालकी मेनुका पौडलले आइतबार अर्को दमदार प्रस्तुती दिएकी छन् । आइतबार मेनुकाले ‘पिया भाावरे’ बोलको गीत गाएकी थिइन ।
मेनुकाले सो गीत गाउँदा भारतीय संगीत क्षेत्रका हस्तीहरु तथा जजहरु मन्त्रमुग्ध भएका थिए । मेनुकाको स्वरमा गज्बबको जादू रहेको जजहरुको प्रतिक्रिया थियो । यो सँगै मेनुका मेगा राउण्डको टप तेह्रमा पुग्न सफल पनि भएकी छन् । मेनुकालाई जुरी मेम्बरले ९९ दशमलब ४ अंक दिएका थिए ।
यस्तै जज वजिद खानले उनको आवाज निकै सुमधुर रहेको टिप्पणी गरे । उनले भने, ‘डाइनामिक्स कमाल ‘ ।’ जज शेखरले मेनुकालाई उनको स्वरको तारिफ गर्दै उनलाई सधै उस्तै गाउन आर्शीबाद दिए । कार्यक्रमकी अतिथि भारतयि नायिका प्रिति जिन्टाले उनको स्वरमा पियोरिटी रहेको भन्दै प्रशंशा गरेकी थिइन । त्यस्तै मेनुकाले सारेगमपमा भाग लिन पाउनु निकै खशीको कुरा रहेको प्रतिक्रिया दिइन ।
कार्यक्रम प्रस्तोता आदित्य नारायणले पनि मेनुकलाई नेपालीमै बोलेर सारेगामपामा आउँदा कस्तो लागेको छ भनेर सोधेका छन्, मेनुकाले पनि निकै खुसि भएको बताएकी छन् ।