भूकम्पपीडितले गरे रकम फिर्ता

admin

धादिङबेशी, १० मङ्सिर: सरकारबाट घर बनाउन रकम लिएका धादिङका एक भूकम्पपीडितले सरकारबाट लिएको रकम नै फिर्ता गरिदिएका छन् । नीलकण्ठ नगरपालिका–९ मुरलीभञ्याङका चेतनाथ लम्सालले आफूले लिएको रु ५० हजार फिर्ता गरिदिनुभएको छ ।

राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा गएर लम्सालले रकम फिर्ता गरिदिनुभएको हो । घर बनाउन आफूसँग उपयुक्त घडेरी र पर्याप्त रकम नभएकाले सरकारबाट लिएको रकम फिर्ता गरिदिएको लम्सालले राससलाई बताउनुभयो । यसअघि धादिङबेशी बीचबजारका डिलबहादुर श्रेष्ठले सरकारबाट लिएको रु ५० हजार फिर्ता गर्नुभएको थियो ।

धादिङमा ८३ हजार लाभग्राही रहेकामा ३० हजारले घर पूर्णरुपमा बनाएर तेस्रो किस्ता लिइसकेको र लाभग्राहीमध्ये ३० हजारले पहिलो किस्ता लिएर पनि अझै घरको जगसमेत हालेका छैनन् । लाभग्राहीको नामावलीमा नाम नभएका १८ हजारले निवेदन हालेका छन् । सरकारले आउँदो पुस मसान्तसम्म रकम लिएर घर नबनाएकालाई पैसा फिर्ता गर्न सूचना जारी गरेको छ ।
-रासस

प्रतिक्रिया