हनुमानजीलाई प्रसन्न पार्नको लागि यसरी गर्नुहोस बाहुकका पाठ

मनिषा थापा

पिएनपिखबर  :  हनुमानजीलाई प्रसन्न गर्नको लागि अनेक मन्त्र, स्तुती र आरती आदि रचना गरिएको छ। त्यसमै एक हुन् हनुमान बाहुक। हनुमान बाहुकको पाठ सधै विधि-विधानबाट गरिन्छ। यस विधि गर्नाले कुनै पनि इच्छा पुरा हुनुको साथै हनुमानजीको कृपा पनि सधै बनिरहन्छ।

यस्ता छन् हनुमान बाहुकको पाठ गर्ने विधि…
१. विहान सधै स्नान आदि गरेपछि सफा कपडा लगाएर एक रातो कपडा माथि हनुमानको मुर्ति वा चित्र स्थापित गर्नुहोस।

२. हनुमानजीलाई अबीर चढाएर रातो फुल अर्पित गर्नुहोस। गाईको शुद्ध घ्यु हालेर दियोमा बत्ती बालेर पाठ गर्नुहोस।

३. घरमा बनेको शुद्ध घ्युमा बनेको लड्डको भोग लगाउनुहोस्। यदी सम्भव छैन भने गुड वा चनाको भोग पनि लगाउन सक्नुहुनेछ।

४. त्यसपछि हनुमान बाहुकको पाठ गर्न शुरु गर्नुहोस। पाठ समाप्त भएपछि हनुमानजीलाई कष्टको निवारण गर्नको लागि प्राथना गर्नुहोस।

५. यदी पाठ सधै गर्ने सम्भब छैन भने मात्र मङ्गलबार हनुमान जीको पाठ गर्नुहोस।

यस्ता फाइदा हुन् सक्छन….

१. हनुमान बाहुकको पाठ गर्नाले इच्छा शक्ति बढ्ने गर्छ जसमा तपाई हर समस्याको सामना गर्न सक्नुहुनेछ।

२. जुन घरमा हनुमान बाहुकको पाठ हुन्छ त्यहाँ नकारात्मक शक्ति टिक्न सक्दैन।

३. धन, सन्तान, नौकरी, बीमारी आदि सबै समस्याहरुको समाधान हनुमान बाहुकको पाठ गर्नाले हुनसक्छ।

४. हनुमान बाहुकको पाठ गर्नाले जीवनको सबै सुख मिल्नसक्छ।

प्रतिक्रिया