‘नेपाल आइडल २’ को ग्राण्ड फिनाले बेलुकी ४ बजेदेखि शुरु, कसले मार्ला बाजी ?

मनिषा थापा

एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’को ग्रान्ड फिनाले आज बेलुकी ४ बजेदेखि शुरु हुनेछ ।

गायन रियालिटी शो ‘नेपाल आइडल २’को ग्राण्ड फिनाले यसपटक भने नेपालबाटै हुने भएको हो। विगत ५-६ महिना देखि आफ्नो गायन कलालाई निखार्दै लाखौँ प्रतिश्पर्धीसंग जुध्दै ग्राण्ड फिनालेसम्म पुग्न सफल भएका यी चार जना प्रतिश्पर्धी ( बिक्रम बराल, अस्मिता अधिकारी, रवि ओड र सुमित पाठक ) जो कोहि भन्दा कम छैनन्।

यी चार जना मध्य मध्ये एक ले बिजेताको ताज पहिरिने छ। नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् । दर्शकबाट सर्वाधिक भोट पाउने नै दोस्रो नेपाल आइडल बन्नेछ । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा बनेका थिए ।

प्रतिक्रिया