मेलिना राई र संगीतकार आसुतोषको आवाजमा ‘तिम्रो माया’ बोलको गीत सार्वजनिक (भिडियो)

कृष्ण रोकाया

पिएनपिखबर : अहिलेकी चर्चित गायिका मेलिना राई र गीतकार आशुतोष राईको आवाज रहेको ‘तिम्रो माया’ बोलको गीत सार्वजनिक भएको छ।

नयाँ पुस्ताका किशोरकिशोरीबीचको माया प्रेमलाई गीतमा दर्शाईएको छ। नेपालकै रमणीय स्थानहरुमा माया पिरतीका कुराहरु साटासाट गरेका दृष्यहरु भिडियोमा देख्न सकिन्छ।

बजारमा सार्वजनिक भए सँगै यस गीतको भिडियो धेरैको रोजाइमा पर्न सफल भएको छ । रेजिना खालिङ्गको लेखन रहेको उक्त गीतका रचनाकार सुवास शार्जन हुन्।

जी.बी आग्रीको निर्देशनमा बनेको भिडियोमा शिशिर पी.के. र नैना शर्माको अभिनय रहेको छ।छायांकन र सम्पादन दुवै रणधीर श्रेष्ठले गरेका हुन्।

हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=zzTNAlGEPjU&feature=share&fbclid=IwAR2M4LtODXECffqUXvOp1y_UbtxY56kOfwLWSjpM53RS-h6SsIM9kWKd_Pk

प्रतिक्रिया