अन्तत : रवि लामिछानेले गरे निकिता पौडेलसँग विवाह

मनिषा थापा

पिएनपिखबर :  संचारकर्मी रवि लामिछाने चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसंग विवाह बन्धनमा बधिएका छन। सामाजिक संजालमा स्टाटस लेख्दै लामिछानेले विवाहबारे जानकारी गराएका हुन् । उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।

कानुनी रुपमा विवाह भएतापनि निकितासंग परम्परागत रुपमा भने आगामी बैशाखमा विवाह गर्ने उनले लेखेका छन। दुबैजनालाई मानसिक यातना हुने गरि समाचार सम्प्रेषण भएको कारण छिट्टो यस्तो निर्णय लिनुपरेको समेत उनले खुलाएका छन। दुबैमा बिगत १ बर्ष देखि प्रेम सम्बन्ध कायम थियो । दुबैजना यो विवाहबाट एकदमै खुशी भएको रबि लामिछानेले लेखेका छन।

उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन:

ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो।

हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।

मिडियामा पत्रकार रवी लामिछाने र चलचित्र विकास बोर्ड अध्यक्षको विवाहको कुरा आएपछि दुवैले आफुहरु राम्रो साथी मात्र भएको बताएका थिए। निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् । उनले श्रीमानसँग डिभोर्स गरी करिब ७ वषदेखि एक्लै बस्दै आएकी छिन् । पछिल्लो समय भने निकिताले आफु रविसँग विवाह गर्ने निर्णय गरिसकेको बताउँदै आएकी छिन्।

रबि लामिछानेले गत मंसिरमा २५ वर्ष पहिला बिबाह गरेकी श्रीमति इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका हुन । निकिता र रबि दुवै चिनिएका अनुहार भएका र सम्बन्धको संवेदनशीलताका कारण राजधानीका गौशाला र चाबहिलका बीचमा रहेको एउटा अपार्टमेन्टमा डेट गर्ने गरेका थिए । रविकी पूर्वपत्नी इशाले चलचित्र विकास बोर्डका एक कर्मचारीसँग लसपस भएको र उनैसँग बिहा गर्ने इच्छाका कारण रविले आफूलाई जबर्जस्ती डिभोर्स दिएको बताएकी छिन् ।

रबि लामिछाने र निकिता पौडेल तपाईहरु दुबैजना बैबाहिक बन्धनमा बाँधिनुभएकोमा वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना एवं नवदाम्पत्य जीवनको सफलताको कामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया