राजधानीमा स्वाइन फ्लु संक्रमण बढ्यो

admin

काठमाडौं, माघ ८ :  राजधानीमा दुई महिनमा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोशाला प्रमाण्ति स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा एएच१ए१न’ भनिन्छ । चिकित्सकहरुले सरकारी तथ्याङ्कभन्दा वास्तविक स्थिती झन जटिल रहेको दाबी गरेका छन् ।

ओम अस्पतालका आईसियूमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ । तीन दिनअघिसम्म ओमकै आईसियूमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो । यो समाचार आजको कान्तिपुरबाट लिएको हो । 

प्रतिक्रिया