पोखरीमा डुबेकी बुहारीलाई बचाउन हामफाल्दा ससुरा र श्रीमान कै गयो ज्यान !

मनिषा थापा

पिएनपिखबर : भारतमा अवस्थित राजस्थानको एक इलाकामा एकै परिवारको ३ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनुमा बाबु, छोरा र बुहारी रहेका छन्। 

सीओ दुर्गपाल सिंह राजपुरोहितको अनुसार, किस्तुरिया गाउँ नजिक भंवर लाल नायकको घर छ। बुधवार बेलुकी ६ बजे उनको बुहारी पानी लिनको लागि पोखरीमा गईन।त्यही समयमा खुट्टा चिप्लिएर पानीमा खसेकी हुन्। लक्ष्मीले चिच्चाए पछि उनका ससुरा भंवर लाल बचाउनको लागि पोखरीमा हाम फाले। तर बुहारीलाई बचाउन खोज्दा उनी पनि आफै डुबे।

श्रीमती र आफ्नो बाबु डुब्न लागेको देखेपछि लेखराम पनि बचाउनलाई हाम फाले तर असफल भए र तीन नै जनाको मृत्य भयो। १५ फिट गहिरो पोखरीमा अत्याधिक मात्रामा पानी भरिएको थियो। उनीहरुको शव निकाल्नको लागि पोखरीमा जेनेरेटर लगाएर पुरा पानी नै निकाल्नु परेको थियो। 

प्रतिक्रिया