”मायाको” लिएर आइन संगीतकी गुरुआमा संगीता राना प्रधान (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सुमधुर स्वरकी धनी संगीता प्रदान रानाको आवाज रहेको नेपाली आधुनिक गीत ”मायाको” युट्युबमार्फत सार्वजनिक भएको छ।

उमेरले पाँच दशक पार गरिसकेकी गायिका संगीता रानाको स्वर अहिले पनि उत्तिकै कर्णप्रिय र सुमधुर लाग्छ। बालकपनदेखि नै संगीतको रस बसेको संगीताले यसै क्षेत्रमा आफ्नो जीवन बिताइकी छन् ।

सचीन सिंहको संगीत तथा प्रज्वाला एसजेबी रानाको शब्द रहेको यस रोमान्चक गीतमा कुमार सिंह ”महाराज”को लय रहेको छ। उक्त गीतलाई अधिनायक एम. शेरचनले सम्पादन गरेका हुन् भने निर्देशन प्रकाश मिश्रको रहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया