चिकित्सा शिक्षा अभियान्ता थापाको फेरी अनशन बस्ने चेतावनी

admin

काठमाडौँ, १० फागुन  : दुई पटकसम्म डा गोविन्द केसीका विरुद्ध अनशन बस्दै आउनुभएका चिकित्सा शिक्षा अभियान्ता विजय थापाले चेतावनी दिनुभएको छ । 

नेपाली विद्यार्थी अष्ट्रेलियामा अलपत्र परेको समाचार बाहिरिएसँगै डा केसी पुनः अनशनमा बस्ने खबर बाहिरिएको थापाले आज एक पत्रकार सम्मेलन गरी भन्नुभयो, “डा केसीकै अनशनका कारण नेपाली विद्यार्थी अन्य देशमा पढ्न जान बाध्य छन् । के नेपाली विद्यार्थी स्वदेशभित्रै पढ्न पाउने अधिकार छैन ?” । डा केसीको माग कुनै पनि हालतमा पूरा हुन नदिन आफू अनशनरत रहेको बताउनुभयो । 

-रासस

प्रतिक्रिया