६५ बर्षिय हजुरआमाको ब्वायफ्रेण्डद्वारा ११ बर्षिय बालिका बलात्कार

रिता घिसिंग

एजेन्सी : दक्षिण अमेरिकी देश अर्जेन्टिनामा हालै एक निकै दर्दनाक घटना बाहिरिएको छ। जहाँ ६५ वर्षका वृद्धले आफ्नै प्रेमिकाकी ११ वर्षीया नातिनीको बलात्कार गरेको घटना सार्बजनिक भएको छ । आफ्नै हजुरआमाको ब्वायफ्रेण्डबाट बलात्कारमा परेकी ती बालिका गर्भवती बनिन् । अन्ततः ती बालिकाले २३ हप्तामा बच्चा पनि जन्माएकी छिन् ।

स्रोतका अनुसार वृद्धले ती बालिकामाथि आक्रमण गरी बलात्कार गरेको थियो । बलात्कारबाट गर्भवती बनेकी ती बालिकामाथि नियतिले यस्तो अन्याय गर्यो कि उनलाई गर्भपतन गर्न पनि कानूनले रोक्यो ।

ती बालिकाले अस्पतालमा आफै गएर आफ्नो पेटमा रहेको गर्भ निकालिदिन अनुरोध गरिन् । तर कानूनी रुपमा अभिभावकको स्विकृतिको अभावमा अस्पतालले गर्भपतन गर्न मानेन ।

कानून अनुसार अभिभावकको स्विकृति बिना अवैध रुपमा रहेको गर्भको गर्भपतन गर्न पाइँदैन । वास्तवमा बलात्कारको घटनापछि उनकी हजुरआमालाई बालिकाको अभिभावकत्वबाट विमुख गराइएको थियो । सोही कारण हजुरआमा कानूनी रुपमा अभिभावक बन्न नपाएको हुँदा उनको गर्भपतन गराउन समस्या परेको थियो ।

अन्ततः ती हजुरआमाको अभिभावकत्व फिर्ता गराइएसँगै गर्भपतनको लागि कानूनी प्रक्रिया पूरा गरियो । त्यति बेलासम्म बालिकाको पेटको गर्भ २३ हप्ताको बनिसकेको थियो ।

२३ हप्ताको गर्भ पतन गर्नु बालिकाको स्वास्थ्यका लागि खतरनाक हुने भन्दै फेरि डाक्टरहरुले गर्भपतन गराउन अस्विकार गरे । अन्ततः ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालियो ।

बालिकाको पेटबाट जीवितै बच्चा निकालिएको भएपनि त्यो बाँच्ने सम्भावना नरहेको बताइएको छ ।

प्रतिक्रिया