५० लाख ठगिको आरोपमा निर्मात्री प्रज्ञा जोशी पक्राउ

रिता घिसिंग

भक्तपुर : ठगीको आरोपमा नेपाली चलचित्रकी निर्मात्री प्रज्ञा जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई चेक बाउन्सको केशमा प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले प्रज्ञालाई इटहरीबाट काडमाण्डौं ल्याउँदै गरेको प्रहरीले बताएको छ ।

एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । तर, चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको हो ।

प्रज्ञाले ‘न बिर्से तिमीलाई न पाए तिमीलाई, सपुत, नोटबुक’ लगायतका चलचित्र निर्माण गरेकी छिन् । प्रज्ञा केही बर्ष अघिसम्म चलचित्र क्षेत्रमा सक्रिय थिइन् । तर, उनी केही समयदेखि चलचित्र क्षेत्र र मिडियाबाट टाढा थिइन् ।

प्रतिक्रिया