कहालीलाग्दो घट्ना : सबैको लागि पिउने पानी बनाउन जाँदा पानी भन्न पनि नपाई गयो यी दाजुभाईको प्राण (भिडियो)

मनिषा थापा

पिएनपिखबर : उता भिरैभिर यता भिरै भिर यता मनभरी पिरै पिर’ भन्ने शब्द रोशी गाउँपालिका बडा नम्बर १० वाल्टिंग, भाङ्गेटारका बासिन्दाहरुलाई यो शब्दहरु यथार्थ बनेको छ।

दर्शकवृन्द ! तपाईहरु यो भिडियो देशविदेशको विकसित शहरबाट हेर्दैहुन्छ होला, या नेपालकै आधुनिक शहरबाट वाईफाईको माध्यमबाट घर बसेर मज्जाले हेर्दैहुन्छ होला। तर यो भिडियो हामीले जहाँबाट बनायौ त्यो ठाउँमा विकास भन्ने कुन चराको नाउँ हो त्यो कसैलाई पनि थाहाँछैन होला। जम्मा जम्मी काठमाडौँबाट १०० किलोमिटर पनि पर छैन त्यस ठाउँ । तर त्यस ठाउँका मानिसलाई विकास भनेको के हो ? अहिलेसम्म पनि थाहाँ छैन। विकाश त परे जाओस एउटा खानेपानीको लागि पनि मानिसहरु कति तड्पिरहेका छन् भन्ने कुरा आज यस घटनाले उजागर गरेको छ।

रोशी गाउपालिका वडा नम्बर १०, वाल्टिनको नर बहादुर लामा जेठ १ गते विहान ६ बजे खानेपानी बनाउन ३ घण्टा पर पर्ने काभ्रेको महाभारत गाउँपालिका टुनिबासमा गएका थिए। उनलाई खानको लागि खाजा र केहि सामान बोकेर उनका दाई सन्चर सिंह लामा पनि त्यस ठाउँमा पुगे। सिमसिम पानी परिरहेको थियो। खाजा खानको लागि करिब दिउँसोको मध्यान्ह १२ बजे रुखमुनी छातामा ओत लागेर दाजुभाई खाजा खान बसे। खाना मुखमा हाल्न मात्र के लागेका थिए। ठुलो चट्याङ्ग पर्यो र दाजुभाईकै मृत्यु भयो। दाई एकातिर ढले भाई अर्का तिर ढले। छाताको बीचमा प्वाल परेको छ अनि साथमा कुकुर पनि ढलिरहेको छ। यस्तो विभत्स दृश्य देख्दा सायद आमनेपाली नरुने ठाउँ नै छैन होला। तर तपाईहरुलाई यो सन्दर्भ एउटा दन्ते कथा जस्तो लाग्न सक्छ । दर्शकवृन्द यो हाम्रै नेपालको एक दुखद घटना हो। र त्यो पनि केहि दिन अगाडीको घटना।

खाने पानी बनाउन गएका दाजुभाई नफर्किएपछि खोज्नको लागि उनीहरुको श्रीमतीसाहित् गाउँनै उल्टियो। तर केहि पत्ता लागेन। घटना घटेको तस्रो दिन विहान ६ बजे उनीहरुको शब भेटिएको खबर आयो। त्यसपछि जिल्ला प्रहरी कार्यलय धुलिखेलमा खबर भयो। त्यस लगतै मंगलटारका प्रहरी टोलीको साथमा हामी पनि घटनास्थलतर्फ लाग्यौ । लगभग बाइकमा डेढ घण्टा उकालो चडे पछि र त्यसपछि पनि एक घण्टा हिडेर घटनास्थलमा हामी पुग्यौ। त्यहाँ पुग्दाको अवस्था यस्तो थियो की हामी सम्झन पनि सक्दैनौ। मृत दाजुभाई ढलिरहेका थिए। मृतकको श्रीमती यति रोइन की त्यस रोधन देख्दा हामीहरुको आखाँ पनि रसायो।

घटना स्थलमा पुगेका त्यहाँका वडा अध्यक्षले भने, ”पर्याप्त बजेट नआउँदा आफुले खानेपानी र बाटोघाटोको काम गर्न सेकाका छैनौ। विशेषत महाभारत शृंखलामा मानिस देखि चौपायाले चट्याङ्गबाट ज्यान गुमाईसकेका छन्। एकवर्ष भित्रमात्रै ४ जनाको ज्यान गयो । एउटा लाइटिंग स्ट्रिंगको एन्टिना हाल्दा चट्याङ्गबाट जोगिन सकिन्थ्यो तर यति हाल्न पनि सरकारले कुनै चासो दिएको छैन। यस्तो अबस्था देख्दा देख्दै सरकार अन्धो बनिरहेको छ।”

देव पनि कति निष्ठुरी ! खानेपानी बनाउन जाँदा आज यी दाजु भाईको एउटै चिहान भयो। गाउँमा सबैलाई पानी खान सहज बनाउन गएका उनले आफु मर्ने बेला एक घुट्को पानी पनि मुखमा पर्न पाएन। एउटा खानेपानीको लागि मानिसले आफ्नो ज्यान गुमाउनु पर्यो भन्दा सुन्दा आज हाम्रो मात्र हैन हजारौ नेपालीहरुको मन रोएको छ।

माटोभन्दा ढुंगा बेसी भएको रुखको पाखालाई आफ्नो थाप्थालो सम्झेर बसेका जन्मभुमि छाडेर कतै नजाने बासिन्दाहरुलाई मर्नु न बाच्नुको अबस्था सृजना भएको छ। महाभारत पाहाडको शृंखलामा पर्ने उक्तभूभागको एकतर्फ तराई पर्छ भने अर्को तर्फ पहाड छ। भिरै-भिर भएको यो अत्यन्तै दुर्गम ठाउँमा सरकारको आँखा पुगेको छैन।

देशका प्रधानमन्त्री ओलीले रेल ल्याउने देखि समृद्ध नेपाल र सुखी नेपालको नारा लाउँन कतै छोड्दैनन्। तर यही नेपालमा खानेपानीको लागि दाजुभाईले अकालमा ज्यान गुमाउनुपर्यो। मृतकका श्रीमतीको सिन्दुर खोशियो। र बालबच्चा टुहुरा बने। खै कहाँ गए सरकार ? कुनै बेला देशको कुना काप्चा खोजी-खोजी गएर खानेपानी, बिजुली, बाटोघाटो बनाउछु भन्दै भोट मागेर सपथ खाई सत्तामा पुगेका नेताहरुले के एकपटक पनि ती भिरपाखाहरुलाई फर्किएर हेरेका छन् ? चिल्ला गाडीमा सवार भएर देशविदेशका विकसित शहरहर भ्रमण गर्न जाने सरकारले के आफ्नै देशको कुनाकाप्चा विर्सिएकै हुन् त ?

छाक टार्न समेत् धौधौ पर्ने मृतकको परिवारसँग अन्तिम संस्कार गर्ने पैसा थिएन। यस्तो अबस्थामा मृतकका आफन्तहरु त्यही अन्तिम संस्कार गर्ने भनेर समान बोकेर आएका थिए तर प्रहरीले पोस्टमार्टम गर्नु पर्छ भनेर शवको सदगत गर्न दिएनन्। पोस्टमार्टमको लागि पनि पैसा नभएपछि त्यहि पोस्टमार्टम नगरी सदगत गर्न चाहान्थे उनीहरु। त्यसपछि स्थानीय र प्रहरीबीच केहि क्षण भनाभन पनि भयो। पछि चन्दा उठाएर १९ हजार १०० जम्मा गरे। प्रहरीले शबलाई गाडीमा हालेरपोस्टमार्टमका लागि लगे।

दर्शकवृन्द ! सायद, तपाईहरुलाई यो घटना सुन्दा मन नछोला। किनकी तपाईहरु आधुनिक शहरमा बसेर वाईफाईको माध्यमबाट यो भिडियो हेर्दैहुनहुन्छ तर दर्शकवृन्दहरु यो दन्ते कथा भेने हैन केहि दिन अघि हाम्रै दाजुभाईले बेहोरेको दुखद घटना हो। यो ठाउँमा यस्तो घटना घट्न नदिनको लागि सरकारले बेलैमा ध्यान पुर्याउन आबश्यक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू