आर्थिक अभावको कारण उपचार हुन् नसक्दा अस्पतालको शैयामा छटपटाउदै यी मृगौलापिडित (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सुदुरपश्चिमको बाजुरा जिल्ला, बुढानिन्दा नगरपालिका वडा नं ९ मा जन्मिएका धनराज बोहोराको दुवै मृगौला फेल भएको छ। आर्थिक अवस्था निकै नै कमजोर भएको धनराजको परिवारले महँगो अस्पतालमा उपचार गर्न असम्भव भएको कारण हाल वीर अस्पतालमा उपचार भईरहेको छ।

हप्ताको दुईपटक डायलिसिस गर्नु पर्ने डाक्टरले बताएका छन् जसकारण औषधि र डायलिसिसको लागि खर्च जुटाउन हम्मेहम्मे परेको बताउछन् धनबहादुरको भाई नरेन्द्र बोहोराले जनाए। घरको सम्पति पनि दाईको उपचारको लागि सकिएको उनको भनाई छ। दुखसुख गरेर खाने बोहोरा परिवारको सम्पति सकिदा पनि उपचार नसकिएको नरेन्द्र बताउँछन्। उनी भन्छन, ”सबै सकियो अब पैसा आउने कुनै ठाउँ छैन त्यसैले म देशविदेशमा रहन हुने दाजुभाई तथा दिदिबहिनीलाई सकेको आर्थिक सहयोग गरी बचाईदिन हुन् अनुरोध गर्दछु।”

तपाईहरुको सानो सहयोगले धनबहादुरको जीवन बचाउन सकिन्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ। साथै सहयोग गर्न चाहनुहुने महानुभावहरुले धनबहादुरको भाई नरेन्द्र बोहोराको मोबाइल नम्बर ९८६४६३८०७७ सम्पर्क गर्न सक्नु हुनेछ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू