ज्ञानेन्द्र शाहीलाई सर्वोच्च अदालत लैजादा चर्को नारावाजी सहित् उर्लियो मानव सागर (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई बयानको लागि सर्वोच्च अदालत लगिएको छ। उनलाई अदालत लैजाने क्रममा ‘ज्ञानेन्द्र शाहीलाई रिहाई गर’ तथा ‘झुटो मुद्दा खारेद गर’ भन्दै उनका समर्थकहरुले चर्को रुपमा अस्पतालबाहिर नारा लगाईरहेका थिए।

शाही सँगै हिरासतमा रहेका अन्य नौ जनालाई रिहाई र शाहीलाई यातना दिनेलाई कारवाहीको माग गर्दै ‘नेपालका लागि नेपाली’का अभियन्ताहरुले मौन धारण देखि माइतीघर मण्डलासम्म पुगेर नारा लगाउने कार्यक्रम रहेको एक समर्थकले बताइन।

‘नेपालका लागि नेपाली’ अभियान्ता ज्ञानेन्द्रलाई साइभर अपराधको मुद्दा लगाइएको छ। प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका उनको राजधानीको ट्रमा सेन्टर उपचार भईरहेको छ।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू