प्रहरीले गर्दा पूर्वप्रहरीको समेत बदनाम भयो : पूर्व डिआइजी विजय राज भट्ट (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सुर्खेतमा ज्ञानेन्द्र शाही माथि प्रहरीले दिएको यातनाले गर्दा पूर्वप्रहरीको समेत बदनाम भएको पूर्व डिआइजी बिजय राज भट्टको गुनासो छ। दुईचा जना प्रहरीले सिङ्गो प्रहरी प्रशासनलाई नै लज्जित गरेकोमा उनले दुख व्यक्त गरे।

उनले भ्रष्टचार विरुद्ध ‘नेपालको लागि नेपाली’ अभियानमा पूर्ण समर्थन रहेको बताएका छन्। उनले भ्रष्टचारले आफ्नो कार्य क्षेत्रमै बाधा पुराएको जनाए। भ्रष्टचारले गरिबलाई झन् गरिबी तर्फ धकेली रहेको भन्दै आपत्ति जनाए।

सामाजिक कार्य तथा धार्मिक कार्यमा लागेका उनले पशुपति कोषलाई विघठन गर्न सरकारलाई मिडियामार्फत आग्रह गरेका छन्। उनले पशुपति विकास कोषले पशुपति क्षेत्रमा भईरहेको धार्मिक कार्यहरुलाई विस्थापित गर्न लागेको उनको आरोप छ। पशुपतिमा हुने आरतीलाई रोक लगाउन पनि शुपति विकास कोष लागेको उनको गुनासो छ। उनले भविष्यमा धर्मको नाममा ठुलो रक्तपात हुने बताएका छन्। बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू