टिकटकमा भाइरल आर्सन बुबासहित पहिलोपटक मिडियामा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय लोकप्रिय एप ‘टिक टक’ले हर कोहीलाई कलाकार बनाएको छ। विज्ञान प्रविधिको विकाससँगै पछिल्लो समय सामाजिक सञ्जाल निकै लोकप्रिय बन्दै जानुमा युवा पुस्ताले रुचाउनुनै मूख्य कारण हो ।

अहिले सामाजिक सञ्जाल एक प्रकारका व्यक्तिका लागि जीवनकै अभिन्न अंगजस्तै भएको छ । युवकयुवती मात्र नभई बालबालिका र प्रौढ अवस्थाका पनि सामाजिक सञ्जाल अपरिहार्य भएको छ।

त्यस्तै ‘टिक टक’मा भाइरल भएका एक बालक हुन् आर्सन अधिकारी। ६ वर्ष उनी अहिलेका कलाकारहरुको पनि दुरुस्तै अभिनय गर्छन। आर्सनका बाबु राजन अधिकारी दुबईमा कार्यरत छन्। उनको छोराले आफुले जे कार्य गरे पनि भिडियो बनाएर बुबालाई पठाउने गर्थे। त्यसबाटै उनले टिकटक बनाउने प्रेरणा पाएका हुन्।

उनको एउटा टिकटकले त झनै तहल्का नै मच्चाएको थियो। उनलाई उनका अङ्कलले ‘वान देखि हन्ड्रेड’ सम्म भन भन्दा जवाफमा ‘भोलि विहान हुदैन भन्या’ भनेका थिए जुन निकै भाइरल बनेको छ। उनको आवाजमा धेरैले टिकटक पनि बनाएका छन् । 

हेर्नुहोस भिडियोमा उनी र उनको बुबासँग गरिएको रमाइलो कुराकानी…..

प्रतिक्रिया