काठमाडौं : नेपाली गीत सङ्गीत क्षेत्रमा बेग्लै परिचान बनाउन सफल डान्सर, गायक, कोरियोग्राफर तथा निर्देशक मनिष श्रेष्ठ र गायिका युनिता शेर्पाको स्वरमा रहेको गीत तिम्रो ट्याटु सार्वजनिक भएको छ ।
गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन् भने गीतमा सङ्गीत गायक स्वयंम मनिष र मनिष बरालको रहेको छ। भिडियोमा डान्सर मनिष र कबिता नेपालीको धम्केदार प्रस्तुति देख्न सकिन्छ ।
भिडियोको निर्देशन मनिष आफैले गरेका हुन । भिडियोमा मधराशि ड्रेसमा गरिएको नृत्य समेत देख्न सकिन्छ । त्यस्तै गीतको कोरियोग्राफर प्रमोद भन्डारीले गरेका हुन भने सम्पादन पवन सुसुलिङ्ले गरेको छ ।
हेर्नुहोस भिडियो :