‘दलालले भारत लगेर अलपत्र पार्यो, फर्किदा रेलले किचेर खुट्टा नै गुम्यो’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : वैदेशिक रोजगारीको लागि भारत पुगेका प्रेम दोर्जे तामाङ सहित पुगेका ३१ जनाको दलालले पैसा खाए। तामाङ पैसा डुबेको वियोगमा रेल गुड्ने बाटोमा रोहिरहेका थिए। यतिकैमा उनलाई रेलले खिच्यो र दुई खुट्टानै गुमाउनु पर्यो।

परिवार पाल्नको लागि परदेश जाने उनको सपना चक्नाचुर भयो। दुईवटा खुट्टा गुमाए पनि उनले हिम्मत हारेनन्। उनी हुइल चियरमा बसेर आवातजावत गर्ने गर्छन। उनी अहिले धुलिखेलस्थित ठेलामा लुगा बेच्ने काम गरिरहेका छन्। यस अघि उनले कुखुरा पालन पनि गरेका थिए। तर गाडीले कुखुरा खिचिदिए पछि उनले लुगा पसल खोलेका हुन्। 

वैदेशिक प्रलोभन देखाई फसाइएको पैसा ११ वर्षसम्ममा पनि नउठेको भन्दै तामाङले दुख व्यक्त गरे। उनलाई कुन मेनपावरले ठग्यो भन्ने कुरा पनि थाहाछैन। उनी जस्ता हजारौ युवाहरु मेनपावर र देशको बारे राम्ररी जानकारी नलिई विदेश पल्यान भएका छन् जो विचल्ली अवस्थामा छन्। 

तामाङको परिवारमा एक श्रीमती र छोरा छन्। उनका छोरा एक स्कुलमा कार्यरत छन्। उनी काम गरेको पैसाले आफै पढ्ने गर्छन। उनले पसलले खान पुगिरहेको बताए। 

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू