सुजल बमकी आमा भन्छिन, ‘सामान्य बच्चा भन्दा कम छैन मेरी छोरी, सबै काम आफै गर्छिन’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौँको गुर्जुधारा, चन्द्रागिरि-१२मा बस्दै आएकी सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट यस वर्ष एसईई दिएकी हुन् ।

विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी सधै भइरहने सुजल बोल्न र कान नसुने पनि राम्रो नाच्छिन् । पछिल्लो समय उनी निकै भाइराल भएकी छिन्। उनको सुन्दरताले पनि निकै चर्चा पाएको छ। प्रतिभाको साथै नीला आँखाले सबैलाई आकर्षित बनाएको छ।

उनी डेढ वर्षको हुँदा कान सुन्न नसक्ने थाहाँ पाएको उनको आमाले बताईन। सुजलकी आमा र बुबाले उनी १२ वर्षको सम्म हुँदा कतै ठिक हुन्छकी भन्ने आशले उपचार गर्दा पनि केहि सिप लागेन। त्यसपछिउनलाई कसरी अघि बढाउने भनेर सुजलको परिवार दिनरात लागिरहे। सुजल बलमका परिवारले उनलाई निकै हौसला र माया दिने गरेका छन्। आजको उनको उपलब्धिले सुजलको परिवार निकै खुशी छ।

उनी एक सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिस्टर एसईई’मा ‘मस्ट कन्फिडेन्ट’ अर्थात् सर्वाधिक आत्मविश्वासीको टाइटल हात पार्न समेत् सफल भएकी छिन्। उक्त प्रतियोगितामा सहभागी रहेका ५५ किशोरीलाई उच्छिन्दै उत्कृष्ट पाँचमा पर्न सफल भएकी थिइन् ।

भविष्यमा डान्स र मोडलिङको क्षेत्रमा आफुलाई स्थापित गर्दै अपाङ्गहरुका क्षेत्रमा काम सुजलको योजना छ । उनी भन्छिन्, ‘म जस्तै थुप्रै अपाङ्गहरूले अवसर पनि नपाउने र सहयोग पनि नपाउँदा उनीहरु आफुलाई कमजोर महसुस गरिरहेका हुन्छन् । त्यस्ता ब्यक्तिहरूका लागि म प्रेरणाको श्रोत बन्न सकुँ ।’ विशेष क्षमता भएकाहरूले पनि सबैको साथ, सहयोग र अवसर पाएमा सवलाङ्गले झैँ काम गर्न सक्ने सुजलको बुझाई छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू