कोशी र नारायणीमा गएर हेर पानीजहाज आइसक्यो : महेश बस्नेत

मनिषा थापा

भक्तपुर :  नेकपाका सांसद महेश बस्नेतले देशलाई नेकपाले मात्र रक्षा गर्न सक्ने बताएका छन्। भक्तपुरको क्षेत्र नम्बर १ (क) मा नेकपाका उम्मेदवार डिपि ढकालको बुधबार आयोजित चुनावी कार्यक्रममा बाल्दै बस्नेतले चुनाबमा मतदान गर्दा जनताले योग्य प्रतिनिधि पहिचान गरेर मात्र भोट हाल्न आग्रह गरेका छन्।

संघीय कार्वन्यन कायम गर्न कांग्रेसले सबैभन्दा बढी बाधा पुर्याएको उनको आरोप छ। नेकपाले ठुलो ठुलो विकासका योजना बनाउदै आएको उनले बताए। उनले भने, ‘कांग्रेसका एक नेताले भनेछन, ‘भक्तपुरमा ग्यास र पानी जाहाज आयो आएको भए भोट हाल्नुस नआएको भए नहाल्नुस।’ कोशी र नारायणीमा गएर हेर पानीजहाज आइसक्यो।’

उनले ओलीसरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो भूमि भएको बताइसकेका कारण अब कुटनैतिक पहलबाट उक्त भूमि फिर्ता गर्न सरकार दृढतापुर्वक लागेको बताए।

चुनावी कार्यक्रममा सांसद महेश बस्नेत, सांसद रामेश्वर फुयाल, जिल्ला इन्चार्ज दिलिप प्रजापति , चांगुनारायण नगरपालिका मेयर सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतलगायतका नेता तथा कार्यकर्ता सहभागिता रहेको थियो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू