सिम्ता र चौकुने गाउँपालिकाले अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनायो

admin
  • खगेन्द्र हमाल

सुर्खेत, १७ मङ्सिर दिगो विकासका लागि लक्ष्य,अपाङ्गमात्रै भविष्य भन्ने नाराका साथ सिम्ता गाउपालिका महिला तथा बालबालिका कार्यलयकाे आयाेजना र अपाङ्ग उत्थान केन्द्र सिम्ताकाे समुन्वयका दिवस सम्पन्न भएको छ। दिवसकाे अवसरमा अपाङ्ग अधिकारका नारा लगाउदै र्यालि बजार परिक्रम गरि पालिकाकाे आगनमा औंपचारिक कार्यक्रममा रूपान्तरण गरिएको थियो।

कार्यक्रम पालिका उपाध्यक्ष तथा अपांग समुन्वय समितिका संयाेजक चन्द्राकला शाही अध्यक्षता र सामाजिक विकास समिति संयाेजक टेकनारायन विककाे प्रमुख अतिथ्य र सिम्ता गापाका निम्त कार्यक्रलय प्रमुख टाेप बहादुर राना, इप्रका प्रमुख श्यामजंग शाह, ४ नं वडा अध्यक्ष भिम बहादुर रावत,महिला विकास कार्यलय सुनिता अधिकारी,महिला सञ्जाल अध्यक्ष तिला मल्ल,समाजसेवी माधव सिह र काेकिला सिहकाे आतिथ्य रहेको थियो भने सबै वडाबाट अपाङ्गता भएका नागरिक तथा अभिभावकहरूकाे सहभागी रहेको थियो।

कार्यक्रमको सञ्चालन केन्द्रका सचिव अनिता सिहले र स्वागत केन्द्रका अध्यक्ष याेगेन्द्र शाहीले मन्तव्य बाट गर्नुभएको थियो।कार्यक्रममा अपांग सम्बन्धि चेतना मुलक नाटक,गित,गजल,कथा र कविता समेत प्रस्तुत गरिएको थियो भने वक्ताहरूले अपाङ्ग सम्बन्धि अधिकार ऐन कानुनमा भएको र कार्यनयन गर्नु पर्नेमा जाेड दिएका थिए। उक्त दिवसकाे अवसरमा अपांगता भएका व्यक्तिहरूलाई अपाङ्ग साहायक सामाग्री वैशाखि साँकेतिक लाठी र स्टेसनरी तथा शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो।

“पहुँचयुक्त भविष्य ! बनाउनु छ अवश्य” ! भन्ने मुल नाराका साथ ,अपांगता सचेतना केन्द्र, चौकुने गाउँपालिकाको आयोजनामा २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज चौकुने गाउँपालिका को गुटुमा भव्यताका साथ मनाईएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले भाग्यको लिला हो कोहि पनि अपाङ्ग हुन्छु, असाय हुन्छु भनेर हुदैन तर कोहि जन्मजात हुन्छ्न त कोहि जन्मिसके हुन्छन ।

शरीर अपाङ्ग भएपनि दिमाग भने अपाङ्ग हुनु हुनुहुदैन र दिमागको बिकास गर्न सके अपाङ्गहरुले सपाङगको भन्दा राम्रो काम गरेको बिश्वमा इतिहास छ भन्नू भयो । अपाङ्गता भएका व्यक्तिहरुका लागि आय आर्जन, सीप मुलुक तथा पठन पाठनमा गाउँपालिका सहयोग गर्न तयार छ । चौकुने गाउँपालिका वडा न. ६ मा रहेको बैराहरुका लागि सुरु गरिएको विशेष कक्षाका करिब १५ जना अपाङ्गता विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो ।

कार्यक्रम अपाङ्ग सचेतना केन्द्र चौकुनेका अध्यक्ष दिपक गौतम को अध्यक्षता भएको थियो भने कार्यक्रम संचालन दुर्गा भन्डारी ज्युले संचालन गर्नु भएको थियोे । भावी दिनहरुमा सबैभन्दा बढी प्रथामिकता अपांगहरुलाई दिने चौकुने गाउँपालिकाले निर्णय गरेको जानकारी चौकुने गाउँपाकिकाका प्रेसमिट नन्दु खनालले जानकारी दिनुभयो।

प्रतिक्रिया