काठमाडौँ विश्वविद्यालयको तालाबन्दी अझै खुलेन

admin

धुलिखेल: धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा लागेको ताला अझै खुलेको छैन । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल टे«निङ सेन्टर (टीटीसी), प्रशासकीय भवनलगायत मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो ।

केयू प्रशासनले यही माघ १३ गतेको विशेषसभामा सहभागी गराउन र सभामा मागबारे सम्बोधन गर्ने सहमति भने आन्दोलनरत पक्षसँग गरेको छ । तर तालाबन्दी भने नखुलाइने कर्मचारी सङ्घका अध्यक्ष सुरेन्द्र केसीले बताउनुभयो ।

सङ्घले काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने मूख्य माग राखेको छ ।

प्रतिक्रिया