पिङ खेल्दै गर्दा ९ वर्षीया बालिकाको ज्यान गयो

अस्मिता बेल्बासे

भोजपुर, १ फागुन : भोजपुरको टेम्केमैयुङ गाउँपालिका ७ कोटमा पिङ खेल्ने क्रममा एक बालिकाको ज्यान गएको छ ।

तन्नाको पिङ बनाएर खेल्ने क्रममा घाँटीमा तन्ना बेरिएपछि स्थानीय भाइराज राईकी ९ वर्षीया छोरी निशानाको ज्यान गएको हो ।

शव पोष्टमार्टमको लागि भोजपुर अस्पताल ल्याइएको प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रवक्ता इन्सपेक्टर पाण्डव राजवंशीले बताएका छन् ।

प्रतिक्रिया