कोरोना औ’षधिको प’रीक्षणले अमेरिकामा आशा जगायो, विश्वभर संक्रमित ३२ लाख पुगे

admin

काठमाडौं, १८ बैशाख : अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औ’षधि निकै प्रभावकारी रहेको बताएका छन् ।

विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक वि’श्रृंखलता निम्त्याएको कोरोनाभाइरसको औ’षधिले प’रीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको छ । औ’षधिको प’रीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक असर वा’लस्ट्रिट सहित विश्वको शेयर बजारमा देखिएको छ ।

अमेरिकामा एक दशकयताकै सबैभन्दा खराब आर्थिक स्थिति देखिए पनि वा’लस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ । अर्कातर्फ जर्मनीको पनि दोस्रो वि’श्वयुद्ध पछि पहिलोपटक अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।

कोरोनाभाइरसका कारण विश्वभर २ लाख २८ हजारभन्दा बढी व्यक्तिको मृ’त्यु भइसकेको छ । यहीबीच कोरोनाभाइरस महामारी फैलिएपछि पहिलोपटक विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको बैठक पनि यही बिहीबार बस्दैछ ।

रे’मडेसिभर नामको औ’षधिको क्लिनिकल प’रीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ । हालसम्म यो औ’षधि नै नयाँ कोरोनाभाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ ।

अमेरिकी इपिडिमियोलोजिस्ट डा एन्थोनी फचीले संवाददाताहरुसँग रे’मडेसिभर औ’षधिको प्रभाव र असर निकै उ’त्साहप्रद रहेको बताए । यो औ’षधि इबोला भाइरसका बिरामीका लागि भने असफल देखिएको थियो ।

यही औ’षधि चीनको उहानका बिरामीमा प’रीक्षण गर्दा पनि त्यति सफल मानिएको थिएन । विश्व स्वास्थ्य संगठनका वरिष्ट अधिकृत माइकल रायनले पछिल्लो नतिजाका बारेमा प्र’तिक्रिया दिन अस्वीकार गरे । उनले प’रीक्षणको वि’स्तृत विवरण प्राप्त नहुँदासम्म आफूले यस बारेमा टिप्पणी नगर्ने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको कार्यशैलीमाथि प्रश्न उठाउँदै निरन्तर आलोचना गरिरहेका छन् । धेरै विज्ञहरुले अमेरिकामा भाइरसको प्र’सार रोक्न राष्ट्रपति ट्रम्प असफल भएपछि मानिसको ध्यान अन्यत्र मोड्न विश्व स्वास्थ्य संगठनमाथि आरोप लगाएको बताएका छन् ।

पछिल्ला विवरण अनुसार विश्वभर कोरोनाभाइरसबाट ३२ लाख ३२ हजार मानिस संक्रमित भएका छन् भने २ लाख २८ हजारभन्दा बढीको मृ’त्यु भएको छ ।

प्रतिक्रिया