किशोरी ब’लात्कारको आरोपमा थप दुई प’क्राउ

राष्ट्रिय समाचार समिति

पाल्पा,१८जेठ: तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी ब’लात्कारको आरोपमा थप दुई प’क्राउ परेका छन् । यसअघि प्र’हरीले तीन जनालाई प’क्राउ गरिसकेको छ ।

जिल्ला प्र’हरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो ।

प’क्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र अमृत रावल छन् । यसअघि यही जेठ १६ गते प’क्राउ पर्नेमा तिनाउ भुतखोलाका २८ वर्षीय एकबहादुर दिशा र ४३ वर्षीय वसन्त सैँजु तथा बगनासकाली गाउँपालिका पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल छन् ।

किशोरीलाई दोभान क्षेत्रमा शुक्रबार ब’लात्कार गरेको जाहेरीका आधारमा जिल्ला प्र’हरी कार्यालय र दोभान प्र’हरी कार्यालयबाट गएका प्र’हरीले अभियुक्तलाई प’क्राउ गरेका हुन् ।

प्रतिक्रिया