आज एकैदिन ४५१ थपिए, नेपालमा संक्रमितको संख्या ६ हजार नाघ्यो

admin

काठमाडौं, १ असार : सोमबार एकैदिन ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ७० पुरुष रहेका छन् । नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया