भैंसी चराउन गएकी बालिका मृ’तावस्थामा फेला

राष्ट्रिय समाचार समिति

जनकपुरधाम,१९ असोज: जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृ’तावस्थामा फे’ला परेकी छिन् ।

वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधवारदेखि हराएपछि आज आफ्नो घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा मृ’तावस्थामा फेला परेको जिल्ला प्र’हरी कार्यालय धनुषाले जनाएको छ ।

उनी बुधवार बिहान ११ः०० बजे भैंसी चराउन निस्केपछि घर नफर्केको जनाइएको छ । उनको श’व पोष्टमाष्र्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया