नेपालमा कोरोना संक्रमित संख्या ५० हजार नाघ्यो, मृतक संख्या ३१७

तुलसी नेपाल

काठमाण्डौ – नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ५० हजार नाघेको छ । आज १२ सय ४६ संक्रमित संख्या थपिएसँगै कुल संक्रमित संख्या ५० हजार ४ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


मन्त्रालयका अनुसार देशमा कुल ३५ हजार ७ सय संक्रमित निको भएका छन् । यो कुल संक्रमित संख्याको ७१ प्रतिशत हो । हाल संक्रिय संक्रमित संख्या १४ हजार १ सय ४४ छ ।

यसैगरी, देशमा हालसम्म ३ सय १७ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । आज थप ५ जनाको संक्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा मृत्युको प्रतिशतमा ०.६३ रहेको छ ।

प्रतिक्रिया