यी विभिन्न प्रक्रिया पूरा गरी, बिदामा आएकाहरु अब साउदी जान पाउने

admin

काठमाडौं, ४ असोज : साउदीबाट बिदामा नेपाल आएर कोरोना महामारीको कारण फर्कन नपाएहरु अब साउदी जान पाउने भएका छन् । त्यसका लागि विभिन्न प्रक्रियाहरु भने पूरा गर्नुपर्छ ।

– बिदामा घर आउनुभएका वा पुनः आगमन (रि–इन्ट्रि) भिसामा आउनुभएको थियो भने अब कम्पनीले साउदी जान अनुमति दिएको कागजात (नो अब्जेक्सन लेटर) कम्पनीबाट लिनुपर्छ । कम्पनीले यो लेटर नदिएको खण्डमा पुनः आगमनको भिसा भए पनि यात्रा नगर्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

– बिदामा साउदी गएका वा पुनः आगमन भिसा भएका तर नेपाल सरकार, वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृति लिएर मात्र यात्रा गर्नुपर्छ ।

त्यसका लागि रोजगारदाता कम्पनीले काममा फर्कन अनुमति दिएको कागजात (नो अब्जेक्सन लेटर) कम्पनीको आधिकारिक इमेलबाट वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनु पर्नेछ । यो प्रक्रिया र कागजात पूरा गरेपछि साउदी पुग्नेदिनको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारको अनुमति प्राप्त स्वास्थ्य संस्था वा प्रयोगशालाबाट एऋच् परीक्षण गर्न पर्छ ।

पीसीआर नेगेटिभ रहेको रिपोर्ट बोर्डिङको समयमा र साउदी विमानस्थलमा आगमनको समयमा देखाउनुपर्छ । साउदी जाने यात्रुले साउदी कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धमा अपनाएका स्वास्थ्य सम्बन्धी सबै व्यवस्थाहरु पालना गर्नेछु भनेर विमानस्थलमा आएपछि कागजातमा हस्ताक्षर गर्नु पर्नेछ ।

यस्तै साउदी सरकारका सम्बन्धित निकायहरुबाट प्राप्त जानकारी अनुसार अकामा वा भिसाको म्याद सकिएकाहरुको हकमा यही सेम्टेम्बर ३० सम्म भिसा र अकामाको अवधि स्वत नवीकरण हुनेछ । अक्टोबर पछिका लागि भने पछि नै अर्को निर्णय गर्ने जनाएको छ । अर्को निर्णय नहुँदासम्म नयाँ स्ट्याम्पिङ पनि नहुने भएको छ ।

प्रतिक्रिया