डीडीसीको घिउ जापान निर्यात : चारदेखि पाँच सय मेट्रिक टन लाने सम्झौता

admin

काठमाडौं, २२ मंसिर : दुग्ध विकास सं‚थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको छ ।

अझै १५ हजार लिटरको अर्डर भएको डीडीसीका महाप्रबन्धक रुद्रमणि पौडेलले बताए । जापानका व्यापारीले नेपालका व्यापारीसँग सम्पर्क गरी घिउ लाने गरेको उनले बताए । जापानका व्यापारीहरू नेपाल आएर डीडीसीको कारखाना अवलोकन गरी उत्पादन प्रक्रिया तथा गुण‚तर हेरेपछि घिउ लान तयार भएको डीडीसीका योजना तथा बजार व्यव‚थापन विभाग प्रमुख सञ्जीव झाले बताए ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले गुण‚तरको प्रमाणित गरेपछि जापानका व्यापारी घिउ लैजान तयार भएका हुन् । डीडीसीले जापानी व्यापारीको उपस्थितिमा यहाँबाट निर्यात गर्ने व्यापारीसँग सम्झौता गरेको छ । प्रत्येक महिना चार–पाँच सय मेट्रिक टन घिउ लग्ने सम्झौता भएको प्रमुख झाले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया